+
+

कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु

शंकर गिरी शंकर गिरी
२०७९ असोज ५ गते २०:२७
आगलागीका क्रममा भएको विस्फोटबाट पुगेको क्षति । शंकर गिरी/अनलाइनखबर

५ असोज, काठमाडौं । कपनको एक घरमा भीषणा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।

घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख रवीन्द्र धानुकले पुष्टि गरे । उनका अनुसार घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ ।

अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । साँघुरो गल्ली भएका कारण दमकल जान समेत अप्ठ्यारो भएको छ ।

हेर्नुहोस् तस्वीरहरू :

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?