+
+

‘कालोपोथी’ निर्देशक मीन भाम कांग्रेसको घोषणापत्र तयारी समिति सदस्यमा मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १०:३९

काठमाडौं । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कांग्रेसको घोषणापत्र तयारी समितिमा ‘कालोपोथी’ फेम्ड निर्देशक मीन भाम मनोनयन भएका छन् ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेका थिए ।

निर्देशक भाम मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भैसकेका छन् ।

कांग्रेसले मुगुको छायाँनाथ रारा नगरपालिका-४ का भामलाई पिछडिएको क्षेत्र र खस आर्यतर्फको क्षेत्रबाट सिफारिस गरेको थियो । २०७८ सालदेखि नै भाम कांग्रेससँग आबद्ध छन् ।

उनी यतिबेला आफ्नो आगामी फिल्म ‘चिसो वर्ष’को प्रि-प्रोडक्सनमा जुटेका छन् । यो फिल्म पुस महिनादेखि छायांकनमा जाने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?