+
+

राष्ट्रपतिको कदमविरुद्ध सत्तारुढ विद्यार्थी संगठनको प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ असोज ६ गते १०:५७

६ असोज, काठमाडौं । संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दं सत्तारुढ दल निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरूले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म  प्रदर्शन गरेका हुन् । सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गरेका हुन् ।

संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतीले संविधानको उल्लंघन गरेको उनीहरूले बताएका छन् ।

प्रदर्शनमा सहभागीले राष्ट्रपतिको विरुद्ध नाराबाजीसमेत गरेका थिए । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी आन्दोलनबाट आएको व्यवस्थालाई राष्ट्रपति विद्यादेवी भण्डारीले महारानी बन्ने सपना देखेको आरोप लगाए ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति नेकपा एमालेको सहयात्री बनेको आरोप पनि उनले लगाए ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु नेकपा एमालेको अन्त्यको सुरुवात भएको टिप्पणी गरे । उनले राष्ट्रपतिलाई शीतल निवासमा बस्ने अधिकार नरहेको समेत बताइन् ।

नेविसंघका सभापति दुजाङ शेर्पाले राष्ट्रपतिबाट नेपालको संविधानमा दाग लगाउने काम भएको बताए । उनले नागरिकता जस्तो संवेदनशील विषयलाई नेकपा एमालेले राष्ट्रियताको नाममा राजनीति गर्न खोजेको आरोप पनि लगाए ।

हेर्नुस् तस्वीरहरु : 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?