+
+
Shares

नयाँ जेम्स बन्डको खोजी सुरु, लोकप्रिय जासूस पात्रमा कसले अभिनय गर्ला ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १६:०६

काठमाडौं । विश्व फिल्मकै लोकप्रिय पात्र जेम्स बन्डको चरित्रमा अभिनय गर्ने कलाकारको खोजी सुरु भएको छ ।

फ्रेन्चाइजका निर्माताद्वय बार्बरा ब्रोकोली र माइकल विल्सनले अहिलेका जेम्स बन्ड डेनियल क्रेगको ठाउँमा नयाँ अभिनेताको खोजी थालेका हुन् । उनीहरुले नयाँ जेम्स बन्डका लागि केही मापदण्ड पनि तय गरेका छन् ।

भेराइटी म्यागजिनका अनुसार निर्माताहरु अक्टोबरमा हुने जेम्स बन्ड फिल्मको ६० औं वर्षगाँठ मनाउने तयारीमा छन् भने त्यससँगै नयाँ पात्रको खोजी पनि सुरु भएको हो ।

नयाँ जेम्स बन्डको रुपमा जो आए पनि लामै समयको लागि सम्झौता गर्ने सर्त उनीहरुले अघि सारेका छन् । केही समयअघि हलिउड अभिनेता एड्रिस अल्बा नयाँ जेम्स बन्ड बन्ने चर्चा थियो, तर हालैको एक अन्तर्वार्तामा उनले ऐना हेर्दा आफूले आफूलाई जेम्स बन्ड महसुस गर्ने बताएपछि यो सम्भावना सकिएको छ ।

अल्बाबारे निर्माताद्वयले भने, ‘अल्बा महान् छन् । हामी उनलाई प्रेम पनि गर्छौं । कुरा चाहिं के हो भने अझै केही वर्ष लाग्न सक्छ । जब हामीले बन्ड पात्रलाई कास्ट गर्छौं, ऊसँग १० देखि १२ वर्ष लामो सम्झौता हुनेछ ।’

गत वर्ष रिलिज भएको फिल्म ‘नो टाइम टु डाइ’बाट अभिनेता क्रेगले जेम्स बन्डको रुपमा नदेखिने निर्णय लिइसकेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?