+
+

धनगढीको भाटभटेनीमा सञ्चालित पेपे पिज्जालाई २ लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १६:५५

६ असोज, धनगढी । धनगढीको भाटभटेनी सुपर मार्केटमा सञ्चालित पेपे पिज्जा रेष्टुरेन्टलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

पेपे पिज्जाले बजार मूल्य भन्दा झण्डै दोब्बर मूल्यमा पानी र पेय पदार्थ बिक्री गरेकाले जरिवाना गरेको विभागका सूचना अधिकारी ललित पन्तले जानकारी दिए । उनकाअनुसार धनगढीकै जलसा होटल र रोस्यो घर हस्पिटालिटीलाई पनि विभागले दुई/दुई लाख जरिवाना गरेको छ ।

उनीहरुले पनि पानी र पेय पदार्थमा बढि मूल्य लिएको पाइएपछि जरिवाना गरिएको पन्तको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?