+
+

काठमाडौंबाट भइरहेको लुक्ला उडान पुनः मन्थलीबाटै गरिने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको सोलुखुम्बुको लुक्लामा हुने हवाई उडान पुनः रामेछापको मन्थली विमानस्थलमा सारिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १८:५४
मन्थली विमानस्थल/फाइल तस्वीर

६ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको सोलुखुम्बुको लुक्लामा हुने हवाई उडान पुनः रामेछापको मन्थली विमानस्थलमा सारिने भएको छ । कोभिड-१९ अगाडि काठमाडौं विमानस्थलमा अत्यधिक चाप हुँदा सोही विमानस्थलबाट लुक्ला उडान भइरहेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले हालै काठमाडौं–लुक्ला उडानलाई मन्थली विमानस्थलबाट गर्नेबारे निर्णय गरेको हो ।

रामेछाप–लुक्ला उडानका लागि विमानस्थलमा आवश्वयक पर्ने संरचना तथा सेवा सुविधाका लागि विमानस्थल निर्माणको कार्य भइरहेको प्राधिकरणले जनाएको छ । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले समेत ९ असोजदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तयारी गरिसकेको प्राधिकरणको भनाइ छ ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ, नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहितको टोलीले रामेछाप मन्थली विमानस्थलको स्थलगत निरीक्षण गरेको छ । रामेछाप–लुक्ला नियमित उडानका लागि मन्थली विमानस्थल व्यवस्थित भए–नभएको बारेमा मन्त्री श्रेष्ठले स्थलगत निरीक्षण गरेका हुन् । मन्थली विमानस्थलको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले प्राधिकरणले लुक्ला उडानमा मन्थली विमानस्थललाई बेस बनाएर रामेछाप–लुक्ला उडान व्यवस्थित गर्न लागेको बताए । उनले विमानस्थल विस्तारको काम सकारात्मक रहेको भन्दै हवाई यात्रुको सुविधाका लागि आवश्वक संरचना बनिरहेको जानकारी दिए ।

मन्त्री श्रेष्ठले मन्थली विमानस्थलबाट लुक्ला उडान गर्ने यात्रुहरु बढी विदेशी पर्यटकहरु हुने भएको भन्दै मन्थली विमानस्थललाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले विदेशी तथा स्वदेशी नागरिक विमानस्थलमा आउने वातावरण बनाउन विमानस्थलमा सेवा सुविधा व्यवस्थित बनाउन निर्देशन समेत दिएका छन् । उनले मन्थली विमानस्थलबाट काठमाडौं उडानका बारे समेत तयारी भइरहेको जानकारी गराए ।

बिहीबार नै पर्यटन मन्त्री श्रेष्ठले दाङको टरिगाउँ विमानस्थलको पनि निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले विमानस्थलमा पुगेर दाङको जनधनत्व र सहरीकरण बढ्दै गएकाले विमानस्थलमा ७२ सिट क्षमताको जहाज उडान गर्ने गरी धावनमार्ग बनाउने गरी प्राथमिकतामा राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?