+
+

बैंककमा ह्वावेको एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिट 

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते २०:०३

बैंकक । आसियन फाउन्डेशनसँगको सहकार्यमा ह्वावेले एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटको आयोजना गरेको छ । एसिया-प्यासिफिक क्षेत्रमा भविष्यका लागि आईसीटीका जनशक्ति तयार गर्नेबारे समिटमा छलफल भएको ह्वावेले जनाएको छ ।

समिटमा सरकारका प्रतिनिधि, शिक्षाविद् र उद्योगका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  आईसीटीसम्बन्धी जनशक्ति उत्पादन गर्ने विषयमा केन्द्रित यो बैठक ह्वावेको वार्षिक फ्लाग्शिप कार्यक्रम ह्वावे कनेक्टको समयमा आयोजना गरिएको ह्वावेले जनाएको छ।

आफ्नो ओपेनिङ स्पिचमा सामाजिक-सांस्कृतिक समुदायका लागि आसियानका उप-महासचिव, एक्कफाब फान्थावोङले आफ्नो धारणा राखेका थिए ।

इनोभेटिभ आईसीटी प्रतिभाहरू उत्पादन गर्न, उनीहरूको वर्तमान स्थिति पहिचान गर्न, डिजिटल प्रतिकूलता र असमानताहरू सम्बोधन गर्न र अगाडिको कदम निर्धारण गर्न छलफललाई बढावा दिन र प्रयासहरू समन्वय गर्न यो शिखर सम्मेलन आवश्यक रहेको उनले बताए ।

आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. याङ मी इङ्गले शिखर सम्मेलनको माध्यमबाट यस क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई सहमति अभिवृद्धि गर्न, कठिनाइहरू समाधान गर्न र डिजिटल ग्यापहरू समाधान गर्न, इनोभेटिभ प्रतिभाको बिकास गर्न र क्षेत्रको डिजिटल रूपान्तरण बढाउन पर्याप्त कदम चाल्दै गएको बताए ।

ह्वावेका पब्लिक अफेयर्स एण्ड कम्युनिकेसन्सका अध्यक्ष जेफ वाङले प्रतिभा बिकासका लागि कम्पनीको आफ्नै लक्ष्यहरूबारे व्याख्या गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?