+
+

गाडीले किचेर १७ महिने शिशुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते ११:५१

७ असोज, काठमाडौं । भक्तपुरको लोकन्थलीमा गाडीको किचेर १७ महिने शिशुको मृत्यु भएको छ ।

शुक्रबार बिहान भक्तपुरको मध्यपुर ठिमी–१ लोकन्थलीका केशवलाल श्रेष्ठका १७ महिनाका छोरा सलिन खेल्दा खेल्दै पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेका थिए ।

पानी झारेर गाडी अगाडि बढाउने क्रममा किचेर घाइते भएका उनको समिट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी चालक सिन्धुपाल्चोक मेलम्ची–३ घर भई मुलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई प्रहरी वृत्त ठिमीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?