+
+

आठ तोला सुनका गरगहना चोरेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १२:२५

७ असोज, काठमाडौं । प्रहरीले सुनका गरगहना चोरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि –९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र मच्छेगाउँकै २९ वर्षीय सुजन सुनार छन्

उनीहरुले प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दाबी गरे ।

रिमालले गहना चोरेको र सुनारले किनेको प्रहरीले बताएको छ ।

पक्राउ परेकासँगबाट प्रहरीले सुनका झुम्का दुई थान, सुनको बाला दुई थान, सुनको ब्रासलेट एक थान, सुर र पित्तलसहितको चन्द्रमा एक थान र नगद ६० हजार रुपैयाँ बरामद गरेको छ ।

प्रवक्ता मैनालीले पक्राउ परेका दुवै जनालाई मुलुकी फौजदारी अपराधसंहिता ऐन, २०७४ को डाका तथा चोरी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटबाट अनुसन्धान गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?