+
+
पल शाह प्रकरण :

फैसलाको पूर्णपाठ : ‘स्टारले वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १७:५५

काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

गत भदौ २१ गते जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नाबालिकामाथि बलात्कारको मुद्दामा पललाई सफाइ दिएको थियो भने बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको थियो । यस्तै पीडित नाबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको थियो ।

पूर्णपाठमा अदालतले स्टारडमको महत्वबारे पनि प्रकाश पारेको छ । आफू स्टार हुँ भन्ने एउटा वयस्क व्यक्तिले पर्दामा मात्र होइन, वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्ने अदालतले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ ।

फैसलाको पूर्णपाठ आएसँगै उच्च अदालत पोखरामा यसविरुद्ध पुनरावलोकन गर्ने तयारी भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले अनलाइनखबरलाई जानकारी दिए । दशैंपछि पुनरावेदन दिने तयारीमा आफूहरु रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?