+
+
Shares

चोरी मुद्दाका फरार अभियुक्त चाबहिलबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १८:१३

७ असोज, काठमाडौं । प्रहरीले चोरी मुद्दाका फरार अभियुक्तलाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-६, जोरपाटी घर भएका ३२ वर्षीय राजु तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चाबहिलबाट नगद, सुन र फलामको रडसहित पक्राउ गरेको हो ।

उनीमाथि २०६९ असार ३१ गते प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दा चलाएर ललिजतपुर जिल्ला अदालतबाट कैद तथा नरिवाना सुनाइएको थियो।

यस्तै २०७५ साल असोज २१ गते प्रहरीवृत बौद्धबाट चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ वर्ष र ५० हजार जरिवाना भएकोमा उच्च अदालत पाटनबाट ३ वर्ष कैद र ३० हजार जरिवाना छुट गराएको रहस्य खुलेको थियो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्‍यक कारबाहीका लागि प्रहरी वृत नयाँ बानेश्वरमा पठाइएको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?