+
+

आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोगले दलसँग छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते ७:३०

९ असोज, काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दैछ ।

निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलका शीर्ष नेताहरूसँग छलफल गर्न थालेको हो । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने आयोगले जनाएको छ ।

छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा आउने/नआउने निश्चित भएको छैन ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। सोही आचारसंहिता कार्यान्वयनका लागि प्रतिबद्धता लिन दलहरूसँग छलफल गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?