+
+

दराजले अब डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १३:०५

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले अब डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने भए गरेको छ ।

कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक स्कुटर खरिद गरेको जनाएको छ जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिने छ ।

विशेष गरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेल लगायतका केही क्षेत्रका ग्राहकलाई सामान पुर्‍याउन विद्युतीय बाइकको प्रयोग गरिने छ।

यस नयाँ पहलमार्फत, दराजले आयातित इन्धनको खपतलाई स्वदेशमै उत्पादन हुने ‘क्लिन एण्ड ग्रिन’ बिजुलीले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरेको छ । साथै, कम्पनीले दुई र चार पाङ्ग्रे दुवै खण्डमा आफ्नो फ्लिटमा विद्युतीय सवारी साधनको संख्यालाई थप विस्तार गर्ने योजना रहेको पनि बताएको छ ।

दीगो तथा वातावरण मैत्री सञ्चालनका लागि दराजको यो प्रयोग महत्वपूर्ण हुने दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?