+
+

आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोगमा प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १६:२९

९ भदौ, काठमाडौं । निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचन आयोगमा उपस्थित भएका छन् ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलका शीर्ष नेताहरूलाई बोलाएको थियो ।

सोही अनुसार छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, एकीकृत समाजवादीका अध्‍यक्ष माधव कुमार नेपाल, नेकपा एमालेका उपाध्‍यक्ष सुवास नेम्वाङसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारी आयोगमा उपस्थित भएका छन् ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?