+
+

सन्तानको योजना बनाइरहेका महिलालाई ऋचाको टिप्स : खुसी हुन सक्नुहुन्न भने बच्चा नपाउनुस् 

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १६:५९

काठमाडौं । नौ जना अभिनेत्रीबीच सोमबार दिउँसो राष्ट्रिय नवदुर्गा सम्मान समारोहमा जमघट भयो । चलचित्र विकास बोर्डको प्रेक्षालयमा अघिल्लो र पछिल्लो छिमलका नायिका भेला भएका थिए ।

अभिनेत्री रेजिना उप्रेतीको कम्पनी रेजिना इन्टरटेनमेन्टले यो सम्मान प्रदान बर्सेनि दशैं घटनास्थापनामा प्रदान गर्दै आएकी छन् । चलचित्र क्षेत्रमा योगदान पुर्‍याएको भन्दै भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, प्रियंका कार्की, पूजा शर्मा, शिल्पा पोखरेल र सुहाना थापालाई सम्मान प्रदान गरियो ।

उपराष्ट्रपति नन्बहादुर पुनले ती अभिनेत्रीलाई सम्मान प्रदान गरे । सन्तान जन्माउने तयारीमा रहेकी श्वेतादेखि सामाजिक सञ्जालबाट पछिल्लो समय गायब पूजा शर्मासम्म कार्यक्रममा सहभागी रहे ।

ऋचाले दिइन् गर्भवती महिलालाई टिप्स

समारोहमा मिडियासामु ऋचा र श्वेताबीच गर्भावस्थालाई लिएर क्याजुअल कुराकानी पनि भयो । ममी भइसकेकी ऋचाले ममी बन्दै गरेकी श्वेतालाई बच्चा हुर्काउनेदेखि गर्भावस्थामा चाहिने कुराबारे ज्ञान बाँडिन् । गर्भावस्थामा सबैभन्दा जरुरी कुरा मानसिक स्थिरता रहेको ऋचाले बताइन् ।

‘मानसिक स्थिरता भएन भने बच्चा पाउने कुरै नगर्नुस् । यदि तपाईं तनावमुक्त भएर प्रेग्नेन्सी जर्नीलाई अघि लैजान सक्नुहुन्न भने बच्चा नपाउनुस्,’ ऋचाले भनिन्, ‘काम गरेर तनाव हुनसक्छ, तर नानाथरी कुरा सोचेर तनाव नलिनुस् । यसले तपाईंको बच्चालाई शतप्रतिशत असर पार्छ । एकदमै सपोर्टिभ परिवार, एकदम माया गर्ने श्रीमान, अति नै माया गर्ने सासु, हरेक पाइला मन नपरे पनि मैले प्रेगनेन्सीको टाइममा पछ्याएकी थिएँ । खुसी हुनुहुन्छ भने मात्रै प्रेग्नेन्ट हुनुस् ।’

त्यस क्रममा ऋचाले श्वेतालाई मानसिक स्वास्थ्यलाई सन्तुलनमा राख्न आग्रह गरिन् । ‘खुसी हुन सक्नुहुन्न भने प्रेग्नेन्सीलाई केही समय पर सार्नुस्,’ ऋचाको सुझाव थियो । श्वेताले उक्त सम्मान आफ्नो हुर्किंदै गरेको बच्चाको लागि भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?