+
+

रवीन्द्र मिश्र समूह राप्रपामा समाहित हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १०:३९

११ असोज, काठमाडौं । विवेकशील साझा पार्टी छोडेका रवीन्द्र मिश्र समूह राप्रपामा समाहित हुने भएको छ ।

मिश्रलाई पार्टीमा भित्र्याउन राप्रपाले बुधबार एकताको घोषणासभा आयोजना गरेको छ ।

राप्रपाका एक जना प्रवक्ता मोहन श्रेष्ठले घोषणा सभा बुधबार मध्याह्न साढे १२ बजे राष्ट्रिय सभागृहमा  हुने जानकारी दिए । श्रेष्ठले यो जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

यसअघि विवेकशील साझा पार्टीमा रहेका मिश्र ‘विचार माथि देश’ दस्तावेदका कारण विवादित भएका थिए । सोही कारण पार्टी नै दुई समूहमा विभाजित भएको थियो ।

पार्टीको विवाद साम्य नहुँदै मिश्रले केही समयअघि पार्टी परित्याग गरेर पाप्रासँग छलफल चलाएका थिए । राप्रपामा वरीयता क्रममा कुरा मिलेपछि उनी समाहित हुन लागेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?