
११ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंका बीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नेपाल घरेलु टोली माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । श्रीलंकाले भने भुटानलाई ९८–३३ ले सहजै हराएको थियो ।
भारतले अन्तिम समयमा नाम फिर्ता लिएपछि उपाधि जित्ने लक्ष्य राखेको नेपालसामु पहिलो हारले चुनौती थपिएको छ ।
पहिलो जितको खोजीमा रहेको नेपालका लागि श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुने ठानिएको छ ।
सन् २०१६ मा नेपालमा भएको प्रतियोगितामा श्रीलंका च्याम्पियन बन्दा नेपाल उपविजेता भएको थियो ।
दक्षिण एसियाका चार राष्ट्र मात्र सहभागी प्रतियोगितामा नेपालले अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4