+
+
Shares

कथासंग्रह ‘तनुजा’को विमोचन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते ११:५७

११ असोज, काठमाडौं । साहित्यकार डा. जानुका पौडेल नेपालको कथासंग्रह ‘तनुजा’को विमोचन भएको छ ।

काठमाडौंको नील बाराही माध्यामिक विद्यालयकी प्रधानाध्यापक समेत रहेकी पौडेलको कथा संग्रह सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन गरिएको हो ।

लेखक पौडेलले पुस्तकमा विद्यालय शिक्षामा किशोरावस्थाका खुशी, दुःख, पीडा उनीहरूको उमेरका कारणले उत्पन्न हुने मानसिक असन्तुलन, पारिवारीक समस्या, व्यक्तिगत समस्या लगायतको विषयमा कथा समेटेको बताइन् ।

उनले भनिन्, ‘लामो समयदेखि शिक्षण पेशामा छु । किशोरावस्थाका विद्यार्थीहरुसँग नजिक रहेकोले यो उमेरमा के कस्ता समस्या भोग्नुपर्छ भनेर कथामा समेट्ने प्रयास गरेकी छु ।’

कार्यक्रममा साहित्यकार प्रा.डा. व्रतराज आचार्य, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार डा. जर्नादन नेपाल, प्रधानमन्त्री कार्यालयका सचिव सुरेश आचार्य, डा. विद्यानाथ कोइरालाले पुस्तकको विमोचन गरिएको हो ।

किशोरमैत्री कथाहरु समेटिएको संग्रह ‘तनुजा’बारे प्रा डा.ब्रतराज आचार्य, साहित्यकार विजय चालिसे, डा.रेनुका सोलु, खगराज बराललगायतले टिप्पणी गरेका थिए । लेखक पौडेल अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) भाषा एवम् साहित्य समितिकी अध्यक्ष समेत हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?