+
+

सर्लाहीबाट काठमाडौं आएको बसको डिक्कीबाट लागुपदार्थ बरामद, सहचालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १२:२२

११ असोज, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

डाईजेपाम, फेनारगन र नुर्फिन एक/एक हजार थानसहित सर्लाहीको ईश्वरपुर नगरपालिका–४ बस्ने २६ वर्षीय हिमाल माझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी ना. ५ ख ६५९९ नम्बरको बसका सहचालक हुन् ।

सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा जाँच गर्ने क्रममा बसको डिक्कीबाट लागूपदार्थ बरामद भएको थियो । सहचालक हिमालले नै उक्त लागूपदार्थ डिक्कीमा लुकाएर ल्याएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?