+
+

बोर्डले भन्यो- नेपालमा ‘प्रेमगीत ३’को कमाइ साढे चार करोड हाराहारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १५:२६

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ यतिबेला चर्चामा छ । पब्लिसिटी र सेन्सरको क्रममा यसले प्राप्त गरेको ‘हाइप’ कमै फिल्मलाई हुनेगर्छ । यतिबेला धेरैको चासो फिल्मले कति कमायो भन्नेमा छ ।

फिल्मको कमाइलाई लिएर चलचित्र विकास बोर्डको बक्स अफिस र निर्माताबीचको तथ्यांक बाझिएको छ । निर्माता सुवास कालेले फिल्मको नेपाली संस्करणले नेपालमा सुरुवाती तीन दिनमा ५ करोड २० लाख रुपैयाँ कमाएको तथ्यांक उल्लेख गरेका छन् ।

चलचित्र विकास बोर्डले चाहिं सोमबार बेलुकासम्म नेपाली संस्करणले देशव्यापी ३ करोड ७६ लाख रुपैयाँ ग्रस कमाइ गरेको जनाएको छ । बोर्डका अनुसार सोमबार रिलिज भएको हिन्दी संस्करणले ५३ लाख रुपैयाँ कमाइ गरेको छ ।

बोर्डले उपलब्ध गराएको तथ्यांकलाई केलाउँदा र बक्स अफिस सर्भर जडान नभएका कतिपय हलको तथ्यांक विश्लेषण गर्दा फिल्मको तीन दिनको कमाइ ४ करोड हाराहारी हुने अनुमान गरिएको छ । जसअनुसार नेपालमा ‘प्रेमगीत ३’ को हिन्दी र नेपाली संस्करणको कुल कमाइ करिब साढे चार करोड रुपैयाँ हुन आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?