+
+

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १७:०५

११ असोज, वीरगञ्ज । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा वीरगञ्जमा एक शिक्षक पक्राउ परेका छन् । विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ घर भई वीरगञ्ज बस्दै आएका ताज मियाँ पक्राउ परेका हुन् ।

वीरगञ्ज– ११ श्रीपुरस्थित अल्पाइन स्कुलमा उनले नेपाली विषय पढाउँदै आएका थिए । पढाउने बहानामा संवेदनशील अंगमा छुने, चुम्बन गर्ने गरेको आरोप उनीमाथि लागेको छ ।

एक छात्राका अभिभावकले दिएको उजुरीको आधारमा मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मियाँविरुद्ध पर्सा जिल्ला अदालतमा बाल यौन दुरुपयोगको मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद लिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?