+
+

रवीन्द्र मिश्र आज राप्रपामा समाहित हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते ७:५८

१२ असोज, काठमाडौं । रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समाहित हुँदै छन् । आज दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना कार्यक्रममा मिश्र नेतृत्वको समूह राप्रपामा समाहित हुन लागेको हो ।

राप्रपाले र मिश्रले भने यसलाई ‘एकता’को कार्यक्रम भनेका छन् । राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिए ।

मिश्रले राप्रपाको कुन पद पाउने भन्ने औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन । तर उनी तेस्रो वरियतामा रहने बताइन्छ ।

मिश्रले सामाजिक सन्जालमार्फत् केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया शुरू हुने र तहगत मिलानका लागि एउटा समिति पनि बन्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?