+
+

निगमको ग्राउन्ड ह्यान्डलिङ सेवाले पूरा गर्‍यो आइसागोको मापदण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १६:२१
फाइल तस्वीर

१३ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा इन्टरनेसन एयर ट्रान्सपोर्ट एसोसिएसन (आइटा) सेफ्टी अडिट फर ग्राउन्ड अपरेसन (आइसागो)को मापदण्ड पूरा गरेको छ । सोही अनुसार निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा आइसागो प्रमाणित भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् ।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाको सन् २०१६ देखि निरन्तर सेफ्टी अडिट भइरहेको छ ।

लोड कन्ट्रोल, प्यासेन्जर तथा ब्यागेज ह्यान्डलिङ, एयरक्राफ्ट ह्याडिलिङ तथा लोडिङ, संगठन तथा व्यवस्थापन, एयरक्राफ्ट ग्राउन्ड मुभमेन्टमा निगमले यसअघि नै प्रमाणित भएकोमा अहिले कार्गो ह्यान्डलिङमा पनि यस्तो मापदण्ड पूरा गरेको जनाएको छ । यसबाट ग्राउन्ड ह्यान्डलिङका सबै क्षेत्रमा आइसागोको मापदण्ड पूरा भएको निगमले जनाएको छ ।

आइसागोको यस्तो प्रमाणपत्र आइटाले आवधिक रुपमा गर्ने निरीक्षण/अनुगमन, दुई/दुई वर्षमा हुने आइसागो अडिटबाट निर्धारित मापदण्ड पूरा गरे मात्र प्रदान गर्ने निगमले बताएको छ । निगमले सेवालाई निरन्तर सुधार गर्दै जाने समेत बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?