+
+

बायोमेट्रिक हाजिरी गराउने त्रिविको निर्णयप्रति प्राध्यापक संघको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १४:०१

१४ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षक तथा कर्मचारीहरुको बायोमेट्रिक हाजिरी गर्न/गराउन गरेको निर्णयप्रति प्राध्यापक संघले विरोध जनाएको छ ।

त्रिवि कार्यकारी परिषदको भदौ ७ गतेको बैठकले निर्णय गर्दै सबै क्याम्पस तथा विभागहरुलाई अनिवार्य बायोमेट्रिक हाजिरी गर्न/गराउन निर्देशन दिएपछि संघले डिजिटल हाजिरी गर्न प्राध्यापकीय पेशासँग मेल नखाने भन्दै आपत्ति जनाएको हो ।

त्रिवि प्राध्यापक संघ केन्द्रीय सभापति प्रा.डा.वसन्त ढकालले विज्ञप्ति जारी गर्दै डिजिटल हाजिरी सम्बन्धी परिपत्रप्रति त्रिवि प्राध्यापक संघ केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त परिपत्र वर्तमान त्रिविको व्यवस्था र अवस्था अनुसार प्राध्यापकीय पेशासँग मेल नखाने र अन्तार्राष्ट्रिय प्राध्यापकीय पेशागत मर्यादा, हित र भावाना विपरीत हुनुको साथै त्रि.विको अक्षुण स्वायत्ततामा ठाडै आँच आनउे किसिमको अपरिपक्व निर्णयभएको संघको ठहर छ ।’

परिषदले सरोकारवालाहरुसँगको छलफल, सल्लाह र सहमति बिना एक पक्षीय ढंगले अलोकतान्त्रिक तरिकाबाट प्राज्ञिक कार्यमा समर्पित प्राध्यापकहरुबीच आतंक सिर्जना गर्ने उद्देश्यका साथ ल्याइएको भन्दै निर्णय फिर्ता लिन पनि माग गरेको छ ।

विश्वविद्यालयमा शैक्षिक, प्राज्ञिक र स्वच्छ प्रशासनिक वातावरण सूचारु गर्न नसकेको वर्तमान त्रिवि नेतृत्वले आफ्नो गल्ती ढाकछोप गर्न अव्यवाहारिक निर्णय गरेको संघको आरोप छ ।

हेर्नुहोस् विज्ञप्ति:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?