+
+
Shares

विपिन र सुहानाको फिल्म ‘एक भागवत् र एक गीता’ युट्युबमा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १२:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झरना थापाले निर्देशित फिल्म 'एक भागवत् र एक गीता' युट्युबमा ओएसआर च्यानलबाट रिलिज भएको छ।
  • फिल्मले तेस्रो लिङ्गी समुदायको जीवन र भेदभावलाई देखाउँदै समाजमा अन्याय र नैतिकताको द्वन्द्व प्रस्तुत गरेको छ।
  • विपिन कार्कीले एलजीबीटीआईक्यू समुदायकी महिला कमला माईको भूमिका निर्वाह गरेका छन् र सुहाना थापाले निर्माता भूमिका निभाएकी छन्।

काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘एक भागवत् र एक गीता’ युट्युबमा रिलिज भएको छ । २ घण्टा ८ मिनेट रनटाइमको यो फिल्मलाई ओएसआर युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

सन् २०२३ मा रिलिज भएको यो फिल्मले हल प्रदर्शनताका चर्चा र विवाद प्राप्त गरेको थियो । यो फिल्मलाई पवित्र हिन्दू धर्मग्रन्थ भागवद् गीतामा आधारित नरहेको ‘अस्वीकरण’ फिल्मको सुरुवातमै राखिएको छ ।

विपिन कार्की, सुहाना थापा र धीरज मगरको शीर्ष भूमिका रहेको यो फिल्ममा कार्कीले लैंगिक अल्पसंख्यक एलजीबीटीआईक्यू समुदायकी महिला कमला माईको भूमिका निर्वाह गरेका छन् ।

यो फिल्म समाजमा हुने अन्याय, भेदभाव र नैतिकताको द्वन्द्वलाई देखाउने कथा हो । कथामा भागवत नामको बालक र गीता नामकी युवतीको जीवन वरिपरि घटनाहरू घुम्छन् । भागवत एक स्थानीय राजनीतिज्ञको छोरा हुन्छ भने गीता तेस्रो लिङ्गी समुदायसँग जोडिएको पात्र हो ।

फिल्मले समाजमा सीमान्तकृत समुदाय, विशेष गरी तेस्रो लिङ्गी समुदायको जीवन, संघर्ष र उनीहरूमाथि हुने विभेदलाई उजागर गर्ने प्रयास गरेको छ । कथामा अन्याय र भ्रष्टाचारविरुद्ध उभिने साहस, सही र गलतबीचको संघर्ष र मानवीय सम्बन्धलाई पनि प्रस्तुत गरिएको छ ।

यो फिल्मको निर्माता सुहाना थापा हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?