+
+
Shares

मध्यपूर्व तनावबीच आप्रवासी श्रमिकको सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय संस्थाहरूको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध र तनावका कारण त्यहाँ कार्यरत ३ करोड १० लाखभन्दा बढी आप्रवासी श्रमिकहरूको सुरक्षा जोखिम बढेको छ।
  • अन्तर्राष्ट्रिय श्रम अधिकार संस्थाहरूले खाडी, जोर्डन, लेबनान, इजरायल, प्यालेस्टाइन र इरानमा रहेका श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न सरकार र अन्तर्राष्ट्रिय संस्थालाई तुरुन्त कदम चाल्न आग्रह गरेका छन्।
  • युद्धले आप्रवासी श्रमिकहरूको रोजगारी गुम्ने, सुरक्षा अभाव हुने र उद्धार तथा मानवीय सहयोगमा पहुँच नपाउने जोखिम बढाएको विज्ञप्तिमा उल्लेख छ।

२६ फागुन, काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध र तनावका कारण त्यहाँ कार्यरत आप्रवासी श्रमिकहरूको सुरक्षा जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय श्रम अधिकारसम्बन्धी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्।

खाडीमा आप्रवासीका लागि श्रम न्यायको गठबन्धन, दासत्व विरोधी अन्तर्राष्ट्रिय, भवन र काठ कामदार अन्तर्राष्ट्रिय, इक्विडेम, ग्लोबल श्रम न्याय, अन्तर्राष्ट्रिय घरेलु कामदार महासंघ, आईटीयूसी अफ्रिका, श्रमिक सञ्जालले संयुक्त रूपमा ऐक्यवद्धता जारी गर्दै इजरायल–अमेरिका र इरानबीचको आक्रमणका कारण खाडी देशहरूमा रहेका आप्रवासी श्रमिकहरू थप जोखिममा परेको जनाएका छन् । खाडी देशहरू, जोर्डन, लेबनान, इजरायल, प्यालेस्टाइन र इरानमा रहेका आप्रवासी श्रमिकहरू थप जोखिममा परेको उल्लेख गर्दै त्यसतर्फ सचेत रहन अनुरोध गरेका छन् ।

द्वन्द्वग्रस्त क्षेत्रमा रहेका ३ करोड १० लाखभन्दा बढी आप्रवासी कामदारहरू प्रभावित भइरहेको ती संस्थाहरूले जनाएका छन् ।

विज्ञप्तिमा युद्ध र अस्थिरताका कारण लाखौं आप्रवासी श्रमिकहरूले रोजगारी गुमाउने, काम गर्ने ठाउँमा सुरक्षा अभाव हुने तथा आपत्कालीन अवस्थामा उद्धार र सहायताको पहुँच नपाउने जोखिम बढेको जनाइएको छ ।

खाडी क्षेत्रका देशहरूमा रहेका श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित सरकार, रोजगारदाता र अन्तर्राष्ट्रिय संस्थाहरूलाई तुरुन्त कदम चाल्न आग्रह गरिएको छ । साथै श्रमिकहरूको जीवन, श्रम अधिकार र मानव अधिकारको रक्षा गर्न स्पष्ट नीतिगत तथा मानवीय पहल आवश्यक रहेको पनि उल्लेख गरिएको छ ।

विज्ञप्तिमा आप्रवासी श्रमिकहरू विश्व अर्थतन्त्रका महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै युद्ध र द्वन्द्वको अवस्थामा उनीहरूलाई सुरक्षा, सूचना, उद्धार तथा मानवीय सहयोग उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

उक्त गठबन्धन श्रम अधिकार, आप्रवासी अधिकार र ट्रेड युनियनसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको सञ्जाल हो, जसले खाडी क्षेत्रमा कार्यरत लाखौं आप्रवासी श्रमिकहरूको अधिकार र श्रम न्यायका लागि वकालत गर्दै आएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?