+
+
Shares

गुल्मीमा दुई उम्मेदवारको मत शून्य

शून्य मत ल्याउनेमा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका प्रेमप्रसाद श्रेष्ठ र विमला ज्ञवाली रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १२:३४
फाइल तस्वीर

२६ फागुन, गुल्मी । गुल्मी जिल्लामा २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुई जना उम्मेदवारको मत शून्य छ । शून्य मत ल्याउनेमा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका प्रेमप्रसाद श्रेष्ठ र विमला ज्ञवाली रहेका छन् ।

निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिले कम्तीमा आफ्नो मत आफैँलाई दिने अपेक्षा गरिन्छ । तर श्रेष्ठ र ज्ञवालीले भने आफैंलाई मत नहालेको पाइएको छ । यसले उनीहरूले मतदान नगरेको वा अन्य उम्मेदवारलाई मत दिएको हुनसक्ने अनुमान गरिएको छ ।

गुल्मीका दुईवटा निर्वाचन क्षेत्रमा यसपटक कुल ४३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । तीमध्ये २० जना विभिन्न राजनीतिक दलका उम्मेदवार थिए भने २३ जना स्वतन्त्र उम्मेदवार रहेका थिए ।

क्षेत्र नम्बर-१ मा दलबाट १० जना र स्वतन्त्रबाट ११ जना उम्मेदवार थिए । त्यसैगरी क्षेत्र नम्बर-२ मा दलबाट १० जना र स्वतन्त्रबाट १२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

विशेषगरी राजनीतिक दलहरूले डमी उम्मेदवार खडा गर्ने प्रवृत्ति बढ्दै जाँदा स्वतन्त्र उम्मेदवारको संख्या पनि बढ्ने गरेको देखिएको छ । यस्ता केही उम्मेदवारहरूले औपचारिक रूपमा उम्मेदवारी दिए पनि प्रचारप्रसार नगर्ने र कतिपय अवस्थामा आफ्नै पक्षमा मतसमेत नदिने गरेको पाइएको छ ।

गुल्मीका दुई निर्वाचन क्षेत्रमा कुल मतदाता दुई लाख २९ हजार ७७७ मध्ये एक लाख १९ हजार ६२५ मत खसेको थियो । यसपटक जिल्लाका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले जित हात पारेका छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?