+
+

अमिताभ बच्चनको ८० औं जन्मदिनमा भारतका १७ सहरमा फेस्टिभल, ११ फिल्म देखाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १७:४३

काठमाडौं । आगामी अक्टोबर ११ मा बलिउड महानायक अमिताभ बच्चनको ८० औं जन्मदिन मनाइँदैछ । भारतीय फिल्म उद्योगलाई उनले पुर्‍याएको योगदानको सम्मान गर्न ग्रान्ड सेलिब्रेसनको आयोजना गरिएको छ ।

उनको बर्थडे मनाउन अक्टोबरमा फिल्म फेस्टिभलको आयोजना गरिएको छ । द फिल्म हेरिटेज फाउन्डेसनले अक्टोबर ८ देखि ११ सम्म चार दिन लामो फेस्टिभल आयोजना गरेको छ ।

यस्तै पीभीआर सिनेमाको १७ स्थानमा रहेका २२ पर्दामा अमिताभले अभिनय गरेका ११ चर्चित फिल्म प्रदर्शन गरिने भएको छ । जसमा डन, कालापत्थर, कालिया, कभी कभी, अमर अकबर एन्थोनी, नमक हलाल, अभिमान, दिवार, मिली, सट्टे पे सट्टा र चुप्के फिल्म समेत देखाइने भएको छ ।

मुम्बईको जुहुस्थित पीभीआरमा अमिताभ बच्चनको इतिहासलाई सम्झिने कार्यक्रम पनि राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?