+
+

जब उर्जामन्त्रीले कुलमानलाई उम्मेदवारको रुपमा चर्चा गरिन्

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १९:३४

१४ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित ११औं र १२औं तहका कर्मचारीलाई शुक्रबार मन्त्रालयमा डाकिन् ।

दशैंमा विद्युत् सेवा चुस्त राख्न निर्देशन दिएकी उनले दशैंको शुभकामना आदानप्रदान गरिन् । ललितपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिने तयारीमा रहेकी उनले ‘ललितपुरतिरको कोही हुनुहुन्छ भने सहयोग गर्नुहोला’ भन्दै सहयोग मागिन् ।

एक सहभागीका अनुसार उनी त्यतिमै रोकिइनन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हेर्दै उनले भनिन्, ‘यसपालि म मात्रै होइन, उहाँ पनि चुनाव लड्ने कुरा छ ।’

मन्त्री भुसालले यसो भन्दा सहभागीले एकअर्काको मुख हेरे भने घिसिङ मुस्कुराए मात्र ।

तर, घिसिङले चुनावमा उठ्ने विषयमा केही बोलेका छैनन् । तर निरन्तर उनी चुनाव उठ्ने चर्चा छ ।

१३ भदौमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यकर्तामाझ ‘बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं, सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ’ भनेपछि नै कुलमानको चर्चा सुरु भएको थियो ।

कुलमानले भने निकटस्थहरुसँग पार्टीको चुनाव चिह्नबाट चुनाव नलड्ने बताउने गरेका छन् ।

माओवादी सम्वद्ध स्रोतहरुले भने कुलमान घिसिङको उम्मेदवारीको सम्भावना टरेको छैन । ‘उहाँ निर्वाचन लड्ने सम्भावना छ’ स्रोतले भन्यो, ‘चुनाव लड्नुभयो भने स्वतन्त्र उम्मेदवारी दिनुहुन्छ र त्यहाँ गठबन्धनले उम्मेदवार उठाउँदैन ।’

कुलमान हाल काठमाडौंको बौद्ध क्षेत्रमा बस्छन् । यो प्रतिनिधिसभाको काठमाडौं क्षेत्र नम्बर ३ मा पर्छ । उनको पुर्ख्यौली घर रामेछाप हो, यहाँ माओवादीबाट निवर्तमान सांसद श्याम श्रेष्ठ, नेता युवराज चौलागाई लगायत नेताहरु आकांक्षी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?