+
+

संगीतकार संघद्वारा सात संगीतकर्मीलाई प्रतिष्ठित स्रष्टा सम्मान प्रदान

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते २०:१२

काठमाडौं । संगीतकार संघले वरिष्ठ संगीतकर्मीलाई सम्मान प्रदान गरेको छ । विजया दशमीको उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजित ‘श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’मा उक्त सम्मान प्रदान गरिएको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले संस्थाको तर्फबाट सम्मान प्रदान गरे । सम्मान प्रदान गर्दै मन्त्री गहतराजले देशको परिवर्तनमा साङ्गीतिक क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए ।

खेलाडी र कलाकारले देशलाई चिनाउने भएपनि उनीहरुको उचित सम्मान गर्न नसकिएको उनको धारणा थियो । सर्जकले सिर्जना गर्ने भएकाले उनीहरुको दक्षता र सोही क्षेत्रको विज्ञताको आधारमा सम्मान हुनुपर्ने मन्त्री गहतराजको भनाइ थियो ।

कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, गीतकार किरण खरेल, गायक भक्तराज आचार्य, लोकगायक कुमार बस्नेत, सङ्गीतकार शम्भुजित बाँस्कोटा, गीतकार भोला रिजाल र फिल्म निर्माता युवराज लामालाई प्रतिष्ठित स्रष्टा सम्मान प्रदान गरियो ।

चन्दन श्रेष्ठलाई गुरूश्री सङ्गीत सम्मान र शिवबहादुर सुनाम स्मृति नागरत्न सङ्गीत पुरस्कार २०७९ सङ्गीतकार अमुल कार्की ढलीलाई प्रदान गरियो । उनीहरुलाई दोसल्ला र २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

सो अवसरमा सङ्गीतकार भुपेन्द्र रायमाझी, गीतकार प्रमोद ढुङ्गाना, गायक तथा निर्देशक नारायण रायमाझी, देउडा गायक नन्दकृष्ण जोशी, नृत्य निर्देशक कमल राईलाई विशिष्ठ सम्मान प्रदान गरियो ।

कार्यक्रममा सङ्गीतकार बाँस्कोटाले सङ्गीत बोर्डको आवश्यकता औंल्याए । “स्रष्टाको सम्मान र अधिकारको लागि यो सङ्घको स्थापना गरिएको हो । चलचित्र विकास बोर्ड झैँ सङ्गीत बोर्ड भएमा हामीले पाउने अधिकारलाई नीतिगतरुपमा अगाडि बढाउन सक्छौँैँ,” उनले भने ।

सङ्घका अध्यक्ष चेतन सापकोटाले गीतकार, गायन समाज, उत्पादक सङ्घ, रोयल्टी सङ्कलन समाजसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । “बौद्धिक सम्पत्तिको मौलिक हक संरक्षण र सम्मानजनक सहभागिताका लागि नीतिगतरुपमै अगाडि बढ्ने छौँ । अब हामी झक्झकाउने गरी आवाज उठाउने छौँैँ,” अध्यक्ष सापकोटाले भने ।

कार्यक्रममा कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?