+
+

ब्याडमिन्टनमा रोज र सानियाको जोडीलाई रजत

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १५ गते ६:३९

१५ असोज, काठमाडौं । भारतको गुहावटीमा जारी ब्याडमिन्टनको दक्षिण एसियाली जुनियर रिजनल च्याम्पियनसिप २०२२ को अन्डर-१७ डबल्स तर्फ रोज पाण्डे र सानिया चन्दको जोडीले रजत पदक हात पारेको छ ।

आज भएको फाइनल खेलमा उनीहरुले भारतीय खेलाडीहरु ऐसानी तिवारी र रामु रुजुलालाई २१-४, २१-९ ले पराजित भएका हुन् ।

यसअघि अण्डर १७ र १५ दुवै उमेर समूहको मिक्स्ड टिम इभेन्टमा नेपाली टिमले तेस्रो स्थान हासिल गरिसकेको थियो ।

यसपटक प्रशिक्षक जितेन्द्र शर्मा र टिम व्यवस्थापक छबिलाल शाही को नेत्रित्वमा गएको नेपाली जुनियर ब्याडमिन्टन टिमका सम्पूर्ण सदस्यहरु पदक लिएर फर्किँदै छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?