+
+

दशैंको बेला पुष्पनले ल्याए ‘लाहुर’ गीत

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १६ गते ९:२०

काठमाडौं । दशैं तिहारजस्ता ठूला चाडबाडमा पनि घर जान नपाउने फौजीहरुको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतले खासगरी दशैं र तिहार जस्ता चाडपर्वमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई व्यक्त गरेको छ । यो गीतले लाहुर गएको श्रीमान् र उनलाई कुरिरहेकी श्रीमतीको भाव र मायाको छटपटीलाई व्यक्त गरेको छ ।

संगीत तयार गरेका सुशान्त गौतमले कोरसको प्रयोगमार्फत एउटै गीतबाट फौजी र परिवारको कथा बयान गराएका छन् । उनले शब्द भने अनिल शर्माको सहयोगमा तयार गरेका छन् ।

म्युजिक भिडियो हरि हुमागाईंले निर्देशन गरेका छन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन र हरिकै सम्पादन छ । कन्सेप्ट डिजाइन भिडियोमा पुष्पन प्रधानको छ ।

भिडियोमा प्रकाश सपुत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईं, गोकुल हुमागाईं, सायना हुमागाईंलगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?