+
+

बलिउडमा घट्दो क्रेजबीच सलमानले भने- म हलिउड होइन, साउथ जान चाहन्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १६ गते १२:०७

काठमाडौं । बलिउड अभिनेता सलमान खान अहिले फेरि एकपटक चर्चाको शिखरमा छन् । एकातिर उनको चर्चित टेलिभिजन शो बिग बोसको १६ औं सिजन सुरु हुँदैछ भने अर्कोतिर उनको साउथ डेब्यु फिल्म गडफादर रिलिजको संघारमा छ ।

साउथ सुपरस्टार चिरञ्जीवीसँगको फिल्म गडफादरको केही दिनअघि मात्रै ट्रेलर रिलिज भएको छ । यसपछि यी दुई सुपरस्टार जोडीलाई पर्दामा एकसाथ हेर्न दर्शकहरुमा व्यग्र पर्खाइ छ ।

सलमान आफ्नो साउथ डेब्यु धमाकेदार हुनेमा विश्वस्त छन् । केही समयअघिसम्म बलिउडमा राज गरेका उनी साउथ फिल्ममा रुचाइहाल्दैनथे । तर बलिउडमा आफ्नो गिर्दो साखलाई लिएर चिन्तित बनेका सलमान ‘गडफादर’बाट साउथमा उत्कृष्ट सुरुवात हुनेमा खुसी देखिएका छन् ।

५ अक्टोबरमा भारतलगायत विश्वभर रिलिज हुन गइरहेको फिल्मलाई सलमानले बलिउड छाड्ने मुड नै बनाएका छैनन्, तर साउथमा मिलेको मायाले प्रभावित भएका छन् ।

भारतीय सञ्चारमाध्यमसँग सलमानले भने, ‘हेर्नुस्, केही मानिस बलिउडपछि हलिउड जान चाहन्छन्, तर म साउथ जान चाहन्छु । कुरा यो हो कि अब हामी सबैले साथमा काम गर्‍यौं । यसबाट धेरैभन्दा धेरै दर्शक हामीसँग हुनेछन् । नर्थ र साउथ सबैतिरका दर्शकको साथमा हामी पुग्नेछौं ।’

सलमानले उत्तरी र दक्षिणी भारतको बीचमा जुन किसिमको दुरी थियो, अब त्यसलाई तोड्न जरुरी रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?