+
+

चिरञ्जीवी भन्छन्- हिन्दी फिल्ममा सफल हुने मेरो सपना छोरा रामचरणले पूरा गरिदिए

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १६ गते १२:४०

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खान स्टारर तेलुगू फिल्म ‘गडफादर’को शनिबार मुम्बईमा हिन्दी भर्सनको ट्रेलर लन्च भयो । उक्त अवसरमा चिरञ्जीवी र सलमानको खास ‘बन्डिङ’ देखियो ।

ट्रेलर लन्च कार्यक्रममा चिरञ्जीवीले एक पुरानो घटनाको स्मरण गरे । त्यसबेलाको एक कार्यक्रममा आफूलाई अपमानित महसुस गरेको उनले सुनाए । कार्यक्रमको दौरान हिन्दी फिल्मलाई मात्रै भारतीय सिनेमा करार गरेको उनलाई चित्त बुझेको थिएन ।

त्यसपछि हिन्दी फिल्ममा पनि आफू सफल हुने उनले सपना देखे, तर आफ्नो छोराले त्यो पूरा गरेकोमा उनी खुसी व्यक्त गरे ।

उनले भने, ‘म हरबखत यो चाहन्थें कि यस्तो फिल्म होस् जुन क्षेत्रीय भाषाको बाबुजद पनि भारतीय सिनेमाको नामले संसारभर चलोस् । यो काम एसएस राजमौलीले ‘बाहुबली’ र ‘आरआरआर’बाट प्रमाणित गरेर देखाइदिनुभयो ।’

साउथ फिल्ममा जुन स्टारडम र सफलता चिरञ्जीवीलाई मिल्यो, उति सफलता हिन्दी फिल्ममा भने मिल्न सकेन । उनका छोरा रामचरण स्टारर फिल्म ‘आरआरआर’ जब तेलुगू, तमिल, मलयालम, कन्नड भाषाका साथै हिन्दीमा पनि रिलिज भयो । फिल्मलाई दर्शकले खुबै मन पराए । यसअघि रामचरणको ‘जन्जीर’को हिन्दी रिमेक फ्लप भएको थियो ।

चिरञ्जीवीले भने, ‘हिन्दी सिनेमामा सफलता हासिल गर्ने जुन मेरो सपना थियो, त्यो छोराले पूरा गरिदिए ।’

चिरञ्जीवीले हिन्दी फिल्ममा आफ्नो करिअरको सुरुवात सन् १९९० मा ‘प्रतिबन्ध’बाटै गरेका थिए । यसपछि सन् १९९४ मा ‘जेन्टलम्यान’मा उनले काम गरेका थिए ।

चिरञ्जीवीले दक्षिण भारतका फिल्महरुलाई क्षेत्रीय फिल्म भनिएकोमा आक्रोश व्यक्त गरे । उनले भने, ‘म चाहन्छु, बलिउड वा टलिउडभित्र कुनै पनि किसिमको वैमनश्यता नराखी सिनेमालाई संसारभर भारतीय फिल्मको रुपमा लिएर जानुपर्छ ।’ उनले क्षेत्रीय फिल्म होइन, भारतीय फिल्म भनिदिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?