+
+

समानुपातिकको सूचीमा नपरेपछि गुप्ताले दिए पदबाट राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १६ गते १३:४८

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सूचीमा नराखेको भन्दै मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले राजीनामा दिएका छन् ।

प्रतिनिधि तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपाङ्ता भएको व्यक्तिलाई अवसर नदिएको उनले गुनासो गरेका छन् । ‘म एउटा अपाङ्ग व्यक्ति भएर अधिकारको लागि समावेशीको कुरा गर्दा प्रदेश नेतृत्वले कुरा नसुन्ने र बेवास्ता गरेको देखियो । कांग्रेस प्रदेश कार्यसमिति पदाधिकारीलाई समेत वेवास्था गर्‍यो ।’ शनिबार निकालेको विज्ञप्तिमा उनले उल्लेख गरेका छन् ।

अपाङ्ग भएका व्यक्तिको कुरै नसुनी राजनीति रुपमा बेइमानी गरिएकाले सूचना संचार तथा प्रचारप्रसार विभागको प्रमुख पद राजीनामा दिएको उनले घोषणा गरेका छन् ।

संविधानले दिएको अधिकारलाई पार्टीले हनन् गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?