+
+

मिस इन्डिया रनरअप मान्या सिंहले पाइनन् काम, घर धान्‍न बुबा चलाउँछन् अटो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १६ गते १४:२३

मिस इन्डिया रनरअप मान्या सिंहलाई लाग्थ्यो अब त जिन्दगी फेरिन्छ । नाम र दामका साथै हरेक रहर सजिलै पूरा हुनेछन् ।

नलागोस् पनि कसरी उनी भारतकी मिस इन्डिया फस्ट रनरअप हुन् । जुन उपाधि पाएपछि अधिकांशले काम पाएका छन् र सफल भएका छन् । उपाधिसँगै पाएको कामको अवसरले उनीहरुको जीवनशैली नै फेरिएको छ ।

तर सन् २०२० मा मिस इन्डियाको फस्ट रनरअप भए पनि मान्याको जिन्दगीमा खास केही परिवर्तन भएन । नाम, दाम कमाउने र आफ्ना हरेक चाहना पूरा हुने सोचेकी मान्याले दुई वर्षसम्म कुनै काम पाउन सकिनन् ।

कामका लागि विभिन्न ठाउँमा भौतारिइन्, तर रनरअप भएको दुई वर्षसम्म उनले कुनै काम पाइनन् । उनले पहिरिएको ताजले कुनै काम गर्न सकेन । उनले दुई वर्षपछि भने बल्ल अहिले काम पाएकी छन् ।

मान्याले आफ्नो रंगलाई लिएर सर्वसाधारणले टिप्पणी गर्ने गरेको गुनासो गरिन् । मान्या मिस इन्डिया बने पनि उनका बुवा घर–व्यवहारका लागि अटो चलाइरहेका छन् ।  दुई वर्षसम्म काम पाउन नसेकी उनी कहीं जानु परे बुवाकै अटो प्रयोग गर्छिन् । यो उनले रहरले नभई बाध्यताले गरेकी हुन् । बुवाको अटो प्रयोग गर्दा पैसाको बचत हुन्छ ।

मिस इन्डिया रनरअप भएपछि बुवाले अटो चलाउनु पर्दैन । आमाले लोकल ट्रेनमा धक्कामुक्का गर्दै यात्रा गर्नु पर्दैन होला भन्ने उनले सोचेकी थिइन् । तर न उनका सपना पूरा भए न आमाबाले सुख नै पाउन सके । र, आजपर्यन्त मान्याका बुवा अटो चलाइरहेका छन् भने आमा लोकल ट्रेनमा उही धक्कामुक्का सहँदै यात्रा गरिहेकी छन् ।

टीभी रियालिटी शो बिग बोसका प्रस्तोता एवं अभिनेता सलमान खानलाई आफ्नो र परिवारको संघर्ष सुनाउँदा मान्या भावुक बनिन् । मिस इन्डियाको रनरअप भएपछि उनी अडिसन दिन हरेक बिहान  वर्सोवा पुग्थिन् । तर उनको प्रयास कहिल्यै सफल भएन । एक दिन कसो सफल नभइएला र भन्दै उनी निरन्तर आफ्नो कर्ममा लागिरहिन् ।

मान्या अहिले बिगबोसमा आएकी छन् । उनी यो शोबाट पैसा कमाएर बुबाआमालाई सुखमा राख्न चाहन्छिन् । मान्याको कुरा सुनेपछि सलमानले उनका हरेक इच्छा पूरा हुने बताए ।

मान्या उत्तर प्रदेशकी हुन् । आफ्नो वास्तविक जिन्दगी कस्तो छ भनेर देखाउन बिग बोसमा आएको उनी बताउँछिन् । जिन्दगीका कठिन घडीबाट अगाडि बढ्दै आएकी मान्याले बिग बोसमा कस्तो काम गर्छिन् त्यो हेर्न भने बाँकी छ । मान्याले बिग बोसमा आफ्नो ग्ल्यामरको जादू छर्ने विश्वास गरिएको छ ।

(आजतकबाट अनलाइनखबरकर्मी अंगद सिंहले गरेको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?