+
+

अग्नि खरेललाई झापा १ मा विश्वप्रकाशसँग चुनाव लड्न प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते २०:३०

१८ असोज, काठमाडौं । नेकपा एमाले नेतृत्वले स्थायी कमिटी सदस्यद्धय देवराज घिमिरे र अग्नि खरेल दुबैलाई उम्मेदवार बनाउने विकल्पमा छलफल थालेको छ ।

प्रदेश इन्चार्ज घिमिरे र पूर्व महान्यायाधिवक्ता एवं कानुनमन्त्री खरेल दुबै झापा २ बाट चुनाव लड्न चाहन्छन् । दुबैको नाम सिफारिस पनि भएको छ । दुईमध्ये कसलाई टिकट दिने भन्ने निर्णय गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सजिलो छैन ।

खरेल ओली सरकारमा महान्यायाधिवक्ता थिए, ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन भएपछि राजीनामा दिएर झापा गरेका थिए । चुनाव लड्ने तयारकिा साथ उनी पछिल्लो २ वर्ष अधिकांश समय विर्तामोडमा छन् ।

प्रदेश १ का इन्चार्ज घिमिरेले भने विगतमा संगठन निर्माणका काम गरेका थिए । जनताबाट अनुमोदित हुने आफ्ना लागि पहिलो अन्तिम मौका भएको भन्दै घिमिरेले उम्मेदवार हुन चाहेपछि ओली अप्ठ्यारोमा परेका छन् ।

देवराज घिमिरे

स्रोतका अनुसार पछिल्लो समय खरेललाई झापा १ को उम्मेदवार बनाउने विकल्प अघि सारिएको छ । ‘तपाई १ मा गइदिनुस् भनेर अध्यक्षले उहाँलाई भनिसक्नु भएको छ,’ एमाले उच्च स्रोतले भन्यो, ‘उहाँले भने अहिले पनि आफू २ मा नै उम्मेदवार बन्नु उपयुक्त हुने मत राख्नु भएको छ ।’

एमालेमा झापा १ मा रविन कोइरालाको एकल नाम सिफारिस भएको छ । तर उनलाई प्रदेशसभामा उम्मेदवार बनाएर खरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने र २ मा घिमिरेलाई टिकट दिने सम्भावना छ ।

त्यसो भएमा झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता खरेलको प्रतिस्पर्धा हुनेछ । सत्ता गठबन्धनको भागवण्डामा भने झापा २ माओवादीले पाउने सम्भावना छ । त्यसो भएमा माओवादीकी धर्मशिला चापागाईँ र एमालेका देवराज घिमिरेबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?