+
+

दशैं टीकासँगै ‘दुई नम्बरी’को अग्रिम टिकट विक्री, ७० प्रतिशत ओपनिङ अकुपेन्सीको प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १९ गते २०:१२

काठमाडौँ । दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’को एड्भान्स बुकिङ दशैं टीकासँगै सुरु भएको छ । महत्वपूर्ण पक्ष के छ भने, मल्टिप्लेक्समा फिल्मले उल्लेखनीय शोज प्राप्त गरेको छ ।

क्यूएफएक्सले देशभरका आफ्ना आउटलेटमा फिल्मलाई ३५ शोज दिएको छ र रिलिजसम्म शोजमा वृद्धि हुने अनुमान छ । आइएनआई, वान सिनेमाज्, बिग, एफक्यूव, कीर्तिपुर, रञ्जना मल्टिप्लेक्सले पनि फिल्मलाई उल्लेख्य शोज दिएका छन् ।

क्यूएफएक्सले अग्रिम टिकट विक्री सुरु गरिसकेको छ । कोरोना महामारीपछि क्यूएफएक्सले बुकिङ सुविधा चाहिँ बन्द गरिसकेको छ । अहिल्यै पैसा तिरेर मात्र दर्शकले सिट बुक गर्न सक्छन् ।

‘प्रेमगीत ३’, ‘बाबरी’, ‘पीएस वान’, ‘विक्रम वेधा’ लगायतका फिल्महरु हलमा चलिरहँदा पनि ‘दुई नम्बरी’ले उल्लेख्य शोज प्राप्त गर्न सकेको हो । अब फिल्मको ‘वर्ड अफ माउथ’मा यसको भविष्य निर्भर हुनेछ ।

टीजर र ट्रेलरको फिडब्याक हेर्दा फिल्मले सुखद ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ । यो प्रशंसालाई फिल्मले बक्सअफिसमा कसरी रुपान्तरण गर्नेछ, त्यो हुनु महत्वपूर्ण हुनेछ ।

अर्कोतर्फ, ‘स्टारकास्ट’को सहभागिताले पनि फिल्मलाई ओजपूर्ण तुल्याएको छ । यी अवसरहरुको कारण फिल्मले कस्तो ओपनिङ गर्न सक्ला त बक्सअफिसमा ? प्रस्तुतकर्ता किरण नेपाली भन्छन्, ‘अहिलेको ट्रेन्डअनुसार फिल्मले ७० प्रतिशत ओपनिङ अकुपेन्सी हासिल गर्न सक्छ ।’

नेपाली फिल्मको बढी कमाइ ‘विन्डो सेल’बाट हुने भएकाले पनि निर्माता यसतर्फ विश्वस्त सुनिन्छन् ।

२ करोड रुपैयाँको लगानीमा निर्माण भएको फिल्मले विदेश र अन्य राइटबाट कमाएको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्ममा भुटानी अभिनेत्री उगेन छोदेन, उपासनासिंह ठकुरी लगायतको अभिनय छ ।

यो फिल्म आगामी शुक्रबारदेखि देशभर प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?