+
+

फ्रान्सेली लेखिका एनी एनोक्सले पाइन् साहित्यतर्फको नोबेल पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २० गते १७:४२

२० असोज, काठमाडौं । फ्रान्सेली लेखिका एनी एनोक्सलाई सन् २०२२ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।

पुरस्कार जितेसँगै एनोक्सले लेखकलाई एउटा राजनीतिक कार्य भनेकी छिन् । ‘लेखन एउटा राजनीतिक कार्य हो, जसले सामाजिक असमानता हेर्नको लागि हाम्रो आँखा खोल्छ,’ उनले भनिन् ।

सन् १९४० मा जन्मिएकी लेखिका एनोक्स नर्मन्डीको सानो शहर यभेटमा हुर्किएकी हुन् । उनका आमाबाबुले किराना पसल र क्याफे चलाउँथे ।

गत वर्ष तान्जानियाका उपन्यासकार अब्दुलराजक गुर्नहलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

स्वीडिश एकेडेमीले नोबेल पुरस्कार विजेतालाई १० मिलियन स्वीडिश क्राउन प्रदान गर्छ । उक्त रकम लगभग १.२ मिलियन डलर बराबर हुन आउँछ । यो पुरस्कार पाउने उनी १७ औं महिला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?