+
+

मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १३:२५

२२ असोज, काठमाडौं । मधेश प्रदेश सरकारले असोज २३ गते सार्वजनिक विदा दिएको छ ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिए ।

उनका अनुसार मधेश प्रदेश सरकारले गत चैत् १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?