
काठमाडौं । माछापुच्छ्रे बैंक २२ औं वर्षपार गरी २३ औं वर्षमा प्रवेश गरेको छ । यो बैंक २२ वर्ष अघि पोखरामा क्षेत्रीय बैंकको रुपमा स्थापना भएको थियो ।
ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनिय योगदानको फलस्वरुप आजको दिनमा आइपुग्दा व्यावसायिक बैंकहरुमा अब्बल बैंकको रुपमा स्थापित हुन सफल भएको बैंकले बताएको छ ।
२२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले एक कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले २२ वर्षसम्मका यात्रालाई सफल बनाउन योगदान दिने सबैमा धन्यवाद दिंदै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु रोशन केसी, जयमुकुन्द खनाल र विश्वप्रकाश गौतमले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन दिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले सवल उत्कृष्ठ एंव विस्तारित भन्ने नाराका साथ बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा अग्रणी स्थानमा रही समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापा लगायत नायव महाप्रबन्धक प्रसिद्ध राज अर्यालले आ–आफ्नो मन्तव्य राखेका थिए ।
माछापुच्छ्रे बैंकले आफ्नो २२ औ वार्षिकोत्सवको अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु (एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिनेछ ।
प्रतिक्रिया 4