+
+

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो

सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको ८५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १३:४८

२३ असोज, काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको ८५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार, तेजावी सुन ९५ हजार ५ सय र चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ तोकिएको छ । एकै पटक मूल्य बढ्नुको कारण दशैं बिदाको मूल्य समायोजन भएको महासंघले जनाएको छ ।

दशैं बिदाका कारण सुन चाँदीको अन्तर्राष्ट्रिय मूल्य समायोज भइरहेपनि नेपालमा भने रोकिएको थियो । त्यसैको समायोजन गर्दा मूल्य बढेको महासंघले जनाएको छ । दशैं बिदा सुरु हुनु अघिको अन्तिम दिन १४ असोजमा ९३ हजार रुपैयाँमा छापावाल सुन र ११ सय ७० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?