+
+

हुम्लाबाट पूर्वमन्त्री दल रावलले दर्ता गराए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १५:१९

२३ असोज, सुर्खेत । नेकपा एमालेका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका पूर्वमन्त्री दल रावलले हुम्लाबाट प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छन् ।

रावलले आइतबार दिउँसो केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा गएर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

वाम गठबन्धनका तर्फबाट ०७४ मा हुम्लाबाट प्रदेश सभा निर्वाचन लडेका रावल यो पटक भने प्रतिनिधि सभाको लागि मनाउन गराएका हुन् ।

आइतबार दिउँसो २ बजे हुम्ला पुगेर मनोनयन दर्ता गर्ने भनिए पनि मौसमको प्रतिकूलताका कारण कारण निर्वाचन आयोगको कार्यालयबाट मनोनयन पत्र दर्ता गराएको रावलले बताए ।

रावलको प्रतिस्पर्धीको रूपमा गठबन्धनका तर्फबाट भने नेकपा माओवादीका छिरिङ डम्डुल लामा कार्चेन उम्मेदवार बनेका छन् । लामा पनि कर्णाली प्रदेश सरकारको पूर्वमन्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?