
काठमाडौं । नेकपा एमालेबाट टिकट नपाएपछि रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
काठमाडौं-७ बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले आफूले पार्टी नछाडेको बताएका छन् । उनले भने, ‘एमाले किन छाड्ने म ? मेरो पार्टी हो एमाले, मैले बनाएको पार्टी हो एमाले म किन छाड्नु ?’
उम्मेदवारी फिर्ता लिन दुई दिन समय रहेको बताउँदै उनले भने, ‘उम्मेदवारी फिर्ता लिन दुई दिन बाँकी छ पर्खिनुहोस् । ४८ घण्टा पर्खिनुहोस् जनताले जवाफ दिन्छन् ।’
पार्टीले टिकट दिएका उम्मेदवारले जनताको दबाबमा उम्मेदवारी फिर्ता लिने समेत दाबी गरेका छन् । एमालेले काठमाडौं-७ मा श्याम घिमिरेलाई टिकट दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4