
२३ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं क्षेत्र नं. ९ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
उनले निर्वाचन आयोगमा साझा पार्टी नेपालको नाममा दर्ता भएको पार्टीको ‘पाइला’ चुनाव चिह्नबाट उम्मेदवारी दिने गरी मनोनयन दर्ता गराएका हुन् ।
तत्कालीन पार्टी अध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको वकालत गर्दै दस्तावेज ल्याएपछि पाण्डेले समानन्तर गतिविधि थालेका थिए । पछि पार्टीबाट कारबाहीमा परेपछि उनले आफ्ना निकट युवाहरुमार्फत साझा पार्टी, नेपाल दर्ता गराएका थिए ।
३३ वर्षका पाण्डे पेसाले सिभिल इन्जिनियर हुन् । २०७४ सालमा पनि उनले यही क्षेत्रबाट करिब ५ हजार मत पाएका थिए ।
यसपटक जित्ने गरी तयारी गरिएको र मतदाताले पनि विकल्प खोजेको पाण्डेको बताउँछन् । मनोनयन दर्ता पछि पाण्डेले भने, ‘बाबु, यो पल्ट प्रयास गर्यौ, ५ वर्ष पछि अझ परिपक्व भएर आउनु अर्को पल्ट तिमिलाई पक्का जिताउनेछौँ भनेर अघिल्लो पल्ट मतदाताले भन्नुभएको थियो। यसपालि यहाँका जनताले विकल्प रोज्नेछन् ।’
प्रतिक्रिया 4