+
+

जेलमा रहेका रेशम चौधरीले गराए बर्दिया-२ बाट मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १७:११
फाइल तस्वीर

काठमाडौं । २०७२ सालमा आठ जनाको ज्यान जाने गरी कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।

उनी २०७४ सालको चुनावमा जनता समाजवादी पार्टीको तर्फबाट कैलाली-१ बाट निर्वाचित भएका थिए । टीकापुर घटनाको मुद्दाका कारण चुनाव जितेर पनि संसद प्रवेश गर्न नपाएका चौधरी अहिले डिल्लीबजार कारागारमा छन् ।

उनले कारागारिभत्रबाटै नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए । सोही पार्टीबाट अहिले उनी उम्मेदवार बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?