+
+

यी हुन् दोलखाका प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते २०:५३

२३ असोज, दोलखा । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा २१ जनाले मनोनयन दर्ता गरेका छन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की र नेकपा एमालेका बालकृष्ण शिवाकोटीले मनोनयन दर्ता गरेका छन् ।

यस्तै मंगोल नेशनल अर्गनाइजेशनका कुमार तामाङ, नेकपा मालेका खिमबहादुर शिवकोटी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका गोपाल नेपाली, नेपाल मजदुर किसान पार्टीका गोपालबहादुर शिवाकोटी, जनसमाजवादी पार्टी नेपालका जनार्दन पोखरेलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका दावा शेर्पा, राप्रपा नेपालका नवराज श्रेष्ठ भन्ने मिनबहादुर श्रेष्ठ, नेपाली कांग्रेस वीपीका लोकबहादुर खड्का, राप्रपाका विजय खड्का, हाम्रो नेपाल पार्टीका विश्वनीति प्रकाशमान सिंह पाख्रिन र नागरिक उन्मुक्ति पार्टीका शुक्र तामाङले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै जगदीश खरेल, जीवनाथ शिवाकोटी, टेकबहादुर खाती, ठाकुरबहादुर खाती, बद्री दाहाल, भवेन्द्र कार्की, रामबहादुर सुवेदी, वीरबहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा क मा १९ र खमा १३ जना उम्मेदवार

प्रदेशसभा तर्फ क मा ८ जना र ख मा १३ जनाले मनोनयन दर्ता गरेका छन् । कमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र नेकपा एमालेका नरबहादुर श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णगोविन्द लाखाजु, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितबहादुर जिरेल, मंगोल नेशनल अर्गनाइजेशनका तोकबहादुर गुरुङले मनोनयन दर्ता गरेका छन् ।

यस्तै नेपाल आमा पार्टीका भीमसेन बजगाईँ, जनता समाजवादी पार्टी नेपालका मानबहादुर सुनुवार, राप्रपाबाट रामबहादुर तामाङ, नेकपा मालेबाट रोसनप्रसाद रिमाल, राप्रपा नेपालबाट संघर्ष थोकर र जनसमाजवादी पार्टी नेपालबाट सुरेश कार्कीले मनोनयन दर्ता गरेका छन् ।

स्वतन्त्रबाट आङ दोर्जे शेर्पा, टिकाबहादुर तामाङ, यज्ञराज न्यौपाने, रत्नबहादुर आपगाईँ, रमेशकुमार थोकर, रामजी तामाङ, शान्तबहादुर तामाङ र निमारेञ्जी शेर्पाले प्रदेश सभा क मा मनोनयन दर्ता गरेका छन् ।

प्रदेश सभा खमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बर्मा लामा र नेकपा एमालेका भरतबहादुर केसीले मनोनयन दर्ता गरेका छन् ।

नेपाल आमा पार्टीका अमृतबहादुर चौलागाईँ, मंगोल नेशनल अर्गनाइजेशनका खडकबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका तिर्थरत्न राजचल, राप्रपाबाट राजनबहादुर शिवाकोटी, जनता समाजवादी पार्टी नेपालका बिछिकुमार थामी, नेकपा मालेका शान्तकुमार खत्री र राप्रपा नेपालका शिवप्रसाद पकुवालले मनोनयन दर्ता गरेका छन् ।

प्रदेश सभा ख मा दावा तामाङ, नवराज खरेल, नेत्रबहादुर भुजेल, राधाकृष्ण थापाले स्वतन्त्र उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?