+
+

भोजपुरमा शेरधन–सुदनको तेस्रो भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १८:०७
शेरधन राई (वायाँ) र सुदन किराँती

२४ असोज, काठमाडौं । पुराना प्रतिस्पर्धी हुन् नेकपा एमालेका धेरधन राई र माओवादी केन्द्रका सुदन किराती । भोजपुरका पुराना प्रतिस्पर्धीको यसपालि फेरि पनि चुनावी मैदानमा भेट हुने भएको छ ।

एक मात्र संघीय क्षेत्र रहेको भोजपुरमा एमालेबाट शेरधन र सत्ता गठबन्धनका तर्फबाट सुदनको उम्मेदवारी परेको छ ।

२०५६ मै चुनाव जितेर कान्छा सांसद (२८ वर्ष) बनेका शेरधन २०६४ मा माओवादीका सुदन किराँतीसँग भोजपुर–२ मा पहिलो पटक पराजित भएका थिए । तर, २०७० को दोस्रो त्यही क्षेत्रमा उनले सुदनलाई पराजित गरे ।

२०७४ मा भने दुईबीचको भिडन्त टर्यो । नेकपा एमाले र नेकपा माओवादीकोबीच गठबन्धन भएपछि मुख्यमन्त्रीको आश्वासनसहित शेरधन प्रदेशमा गए भने सुदन प्रतिनिनिधिसभामै लडे र निर्वाचित भए ।

शेरधन र सुदनबीचको यो तेस्रो चुनावी प्रतिस्पर्धा हो । माओवादीका सुदन किराती तेस्रो प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिएको बताउँछन् । ‘यो लडाइँ हो, यसमा केही सम्भावना, केही चुनौती हुन्छ,’ उनले अनलाइनखबरसित भने, ‘हामी २०६४ देखि नै भिडिराखेका छौं । अहिलेको भिडन्त केही जस्तो पनि लाग्दैन ।’

चौथो पटक सांसद बन्ने दौडमा रहेका शेरधनले धेरै अवसर प्राप्त गरिसकेका छन् । उनी प्रदेश १ का मुख्यमन्त्री र केन्द्रमा सूचना, संचार तथा प्रविधि मन्त्री बनिसकेका छन् ।

सुदन भने दुई पटक सांसद भए पनि अहिलेसम्म मन्त्री भएका छैनन् । तेस्रो पटक सांसद जितेर संघीय मन्त्री बन्ने उनको चाहना छ ।

अंकगणितले सुदनलाई सहज

दुईमध्य चुनावपछि एक संघीय संसदमा जाने छन् । हालै सम्पन्न स्थानीय तहमा दलहरुले पाएको वडागत मतका हिसाबले सुदनलाई सहज देखिन्छ ।

यहाँ सत्ता गठबन्धनको मत ४० हजार २ सय ६० हुन्छ । नेकपा एमालेको यहाँ २७  हजार ६ सय ५६ मत रहेको छ ।

तेस्रो दल रहेको माओवादी केन्द्रको मत १४ हजार ७ सय १६ छ भने एकीकृत समाजवादीको मत १ हजार ९ सय ४५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?