+
+

फेसबुक प्रयोगकर्ताका फोनमा खतरनाक एप, युजरनेम र पासवर्ड चोरी हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १२:३१

काठमाडौं । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटाले शुक्रबार आफ्ना प्रयोगकर्ताहरुलाई सचेत गराएको छ । कम्पनीले १० लाख भन्दा धेरै प्रयोगकर्ताहरुको फोनमा अन्जानमै यस्ता एपहरु डाउनलोड भएका छन् जसले उनीहरुको पासवर्ड चोरिरहेका छन् । ती एपहरुलाई प्रयोगकर्ताका सोसल मिडिया प्लाटफर्मका डाटा चोरी गर्नकै लागि डिजाइन गरिएको हो ।

मेटाले अहिलेसम्म ४ सयभन्दा धेरै यस्ता एपहरुको पहिचान गरेको छ । ती एपहरु एन्ड्रोइड तथा आईओएस दुबै स्मार्टफोनबाट डाटा चोरी गर्नका लागि डिजाइन गरिएको हो । ती एपहरु गुगल प्ले स्टोर तथा एप्पलको एप स्टोर दुबैमा उपलब्ध रहेको मेटाको भनाइ छ ।

कसरी निशानामा पर्दछन् प्रयोगकर्ता ?

मेटा कम्पनीले एक ब्लग पोस्टमा भनेको छ– यी एपहरु गुगल प्ले स्टोर र एप्पल एप स्टोर दुबैमा उपलब्ध छन् । यिनीहरु फोटो एडिटर, गेम्स, भीपीएन सर्भिस, बिजनेस तथा अन्य युटिलिटी एपहरुको रुपमा डिजाइन गरिएको छ । जसबाट मानिसहरु जालमा फसेर यी एपहरु डाउनलोड गर्दछन् ।

यस विषयमा ती सम्बन्धित एपहरुलाई पनि चेतावनी दिइसकेको मेटाले जनाएको छ । यस्ता एप डाउनलोड गरेका प्रयोगकर्ताहरुलाई ती एपहरु डिलिट गरेर ह्याक हुनबाट बँच्नका लागि सचेत गराइसकेको पनि मेटाको भनाइ छ ।

कसरी काम गर्दछन् ती एपले ?

आकर्षक तस्वीरको सहारामा यी एपहरुले आम प्रयोगकर्ताको ध्यान आकर्षित गर्दछन् । यतिमात्र होइन प्रयोगकर्तालाई विश्वास दिलाउनका लागि यिनमा फेस रिभ्यू पनि छापिएको हुन्छ, जसको माध्यमबाट उनीहरु नकारात्मक समीक्षालाई लुकाउँदछन् ।

मेटा कम्पनीको सेक्योरिटी टिमका अनुसार यी एपहरुले प्रयोगकर्तालाई एप प्रयोगका लागि फेसबुक अकाउन्ट लगइन गर्न लगाउँदछन् । जब यी एपमा फेसबुक वा अन्य प्लाटफर्मबाट लगइन गरिन्छ तब एपले प्रयोगकर्ताको युजरनेम र पासवर्ड चोरी गर्दछ ।

कसरी बँच्ने ?

फर्जी एप तथा सही एपको बीचमा लगइनको आधारमा फरक छुट्टाउन मुस्किल हुन्छ । कतिपय यस्ता वैध एपहरु पनि छन् जसले प्रयोगकर्तालाई फेसबुक वा अन्य सोसल मिडिया प्लाटफर्मको लगइन माग गर्दछन् ।

त्यसैले यदि कुनै एपले तपाईंलाई इन्स्टल गर्नु अगाडि नै लगइन आईडी माग्यो भने त्यसलाई डाउनलोड नगर्नुहोस् । त्यसका अलावा एपहरु डाउनलोड गर्नु अगाडि त्यसको प्रकाशकका साथै अन्य विवरणहरु पनि जाँच गर्नुहोस् । यसो गर्दा उक्त एप फर्जी हो कि होइन भन्ने थाहा पाउन सहयोग पुग्दछ ।

यदि तपाईंले आफ्नो मोबाइलमा पहिले नै यस्ता एपहरु डाउनलोड गरिसक्नुभएको छ भने त्यस्ता एपलाई आफ्नो फोनबाट डिलिट गरिहाल्नुस् ।

त्यसपछि तुरुन्तै आफ्नो सोसल मिडिया अकाउन्टको पासवर्ड परिवर्तन गर्नुहोस् र त्यसमा टु फ्याक्टर अथेन्टिकेसन पनि खुल्ला गर्नुहोस् ता कि कसैले तपाईंको अकाउन्ट लगइन गर्ने कोसिस गर्यो भने त्यसको अलर्ट तपाईंलाई प्राप्त हुन्छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?