+
+

करण जोहरले छाडे ट्वीटर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १६:१४

काठमाडौं । बलिउड निर्माता करण जोहरले सोमबार अपरान्ह एउटा ‘सरप्राइज’ घोषणा गरेका छन् । यो घोषणा नौलो त होइन, तर करणका फ्यानका लागि नौलो र स्तब्ध बनाउने खालको छ ।

करणले ट्वीटर छाड्ने घोषणा गरेका छन् । ट्वीटर छाडेको जानकारी दिंदै उनी लेख्छन्, ‘थप सकारात्मक ऊर्जाको लागि मात्र ठाउँ बनाउनु र यो त्यसतर्फको एउटा कदम हो । अलबिदा ट्वीटर ।’

करण सामाजिक सञ्जालमा अति सक्रिय हुने बलिउड सेलिब्रिटीमध्ये पर्छन् । ट्वीटर छाडे पनि फेसबुक र इन्स्टाग्राममा भने उनी सक्रिय नै हुनेछन् । ट्वीटर छाड्ने करणको घोषणालाई प्रयोगकर्ताहरुले ट्रोल बनाइरहेका छन् । अन्य केही हलिउड र बलिउड सेलिब्रिटीले पनि सामाजिक सञ्जाल छाड्ने क्रम बढिरहेको छ ।

नेपालमै अभिनेत्री पूजा शर्मा केही सातादेखि सामाजिक सञ्जालबाट गायब छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?